Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर, झण्डै ७० लाख रुपैयाँ बरामद

    हुण्डीमार्फत कारोबार गरेको अभियोगमा चार जनाविरुद्ध मुद्दा दायर, झण्डै ७० लाख रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले गैरकानूनी रुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजङ्ग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुङ्गानाविरुद्ध आज मुद्दा दायर गरिएको हो ।



    केही समय पहिले प्रहरीले नवराज ढुङ्गानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ बराबरको रकम पक्राउ गरेको थियो । उनले पैसाको स्रोत खुलाउन सक्नुभएको थिएन ।



    सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।

    यस्तो छ कसूरको संक्षिप्त विवरण

    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजु, काठमाडौंको संयुक्त टोलीले जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ३ स्थायी वतन भएका नवराज ढुङ्गानालाई स्रोत नखुलेको नेपाली रु ६९,९९,००० (उनान्सतरी लाख उनान्सय हजार रुपैयाँ) सहित पक्राउ गरी प्रहरी प्रतिवेदन सहित थप अनुसन्धानका लागि यस विभागमा दाखिला भएको ।

    खानतलासी तथा वरामदी मुचुल्का, प्रहरी प्रतिवेदन, प्रतिवादीहरुको वयान, बुझिएका ब्यक्तिहरुले गरिदिएको कागज, खानतलासी तथा बरामदी गर्ने प्रहरी कर्मचारीहरुले गरिदिएको कागज, कल डिटेल्स रेकर्ड, समेतबाट उक्त रकमका सम्वन्धमा अनुसन्धान तथा तहकीकात हँदा अवैध हुण्डी कारोवार गरेको रकम नेपाली रुपैया रु ६९,९९,००० (अक्षेरेपी उनान्सतरी लाख मात्र) जापानमा रहेका भनिएका प्रज्वल ढुंडगानाले सुवास जग पाण्डेलाई भने मुताविक सुवास जङग पाण्डेले नवराज र फणिन्द्रलाई वरामदित उक्त रकम उपलब्ध गराएको देखिएको ।

    अनुसन्धानको क्रममा प्रतिवादीहरूले बरामदीत रकमलाई पुष्टि तथा प्रमाणित गर्ने कागजात पेश गर्न नसकेको, विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिएको, प्रतिवादीहरुले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी वरामद भएको नेपाली रुपैया वरावरको विदेशी मुद्राको अवैध कारोवार गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, ग(ग) तथा १२ विपरितको कसूर गरेको देखिएको

    कायम भएको बिगो र सजायको मागदावीः

    प्रतिवादीहरूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, ९ग(ग) तथा २ विपरितको कसूर अपराध गरेको हुँदा निज प्रतिवादीहरू उपर सोही ऐनको दफा १७९१० अनुसार जरिवाना हुन तथा सोही ऐनको दफा १७(१) बमोजिम बरामदीत रु.६९,९९,००० (अक्षरुपी उनान्सत्तरी लाख उनान्सय हजार रुपैया मात्र) जफत गरी पाउन मागदावी लिई अभियोगपत्र दायर गरिएको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार