Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • परराष्ट्रमन्त्री नारायण खड्का आज चीन जाँदै

    परराष्ट्रमन्त्री नारायण खड्का आज चीन जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 885
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरी परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ।



    चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा जान लागेका हुन् । एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन् ।



    पछिल्ला ४ वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन्। हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले ४ दिने भ्रमण गरेका थिए । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार