Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आफ्ना नीतिमाथि भरोसा नभएका दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्छन् : शंकर पोखरेल

    आफ्ना नीतिमाथि भरोसा नभएका दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्छन् : शंकर पोखरेल

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 672
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको बताएका छन् ।

    मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताएका हुन् ।



    आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् ।



    महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार भएको टिप्पणी गरे । महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार