Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

    म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले आफूलाई धेरैपटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यो दौडमा नरहेको बताए ।



    ‘मलाई यो बिचमा पनि प्रधानमन्त्री बन्ने धेरैपटक अफर आयो । ०७४ सालको निर्वाचनको पछि पनि आयो । मैले म प्रधानमन्त्रीको रेसमा छैन भनेँ । देशमा राजनीतिक स्थायित्व र विकासको वातावरण बनाउने कुरामा मेरो भूमिका भयो भने मलाई पुग्छ भनेको हो । अहिले पनि छ । तर, म प्रधानमन्त्री बन्ने रेसमा छैन,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार