Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • क्राइमियास्थित सैन्य शिविरमा विष्फोट, एक जनाको मृत्यु

    क्राइमियास्थित सैन्य शिविरमा विष्फोट, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 888
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको क्राइमियाको एउटा सैन्य शिविरमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

    विष्फोटमा परी एक जनाको मृत्यु र केही घाइते भएको रसियाले नियुक्त गरेको क्षेत्रीय प्रशासनका प्रमुखले बताए । विष्फोट प्रायद्वीपको पश्चिमी तटमा नोवोफेदोरिभका नजिकै रहेको साकी सैन्य आधार शिविरमा भएको थियो ।



    सोही विष्फोटमा परी कैयौं घाइते भएको आशंका गरिएको छ । क्राइमियाको साकिस्थित सैन्य आधार शिविरमा श्रृंखलावद्ध विष्फोट भएको हो ।



    रुसी रक्षा मन्त्रालयले भने गोला बारुद राखिएको गोदाममा विष्फोट भएको र त्यहाँ कुनै ठूलो क्षति नभएको भन्दै कुनै बाहिरी तत्वबाट विष्फोट नगराइएको बताएको छ ।

    त्यहाँका संचार माध्यमहरुले स्थानीय समय अनुसार बिहान ३ बजेको समयमा कम्तिमा एक दर्जन पटक विष्फोटको आवाज आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार