Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आउँदो चुनावसम्म गठबन्धनमा दायाँबायाँ हुँदैन शिक्षा मन्त्री पौडेल

    आउँदो चुनावसम्म गठबन्धनमा दायाँबायाँ हुँदैन शिक्षा मन्त्री पौडेल

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 816
    SHARES

    हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अहिले भैरहेको गठबन्धन मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म कायम रहने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गठबन्धन भन्दा बाहिर गएर अर्को गठबन्धन नबन्ने दाबी गरेका हुन् ।
    समाजवादी केन्द्रको विषयतर्फ इङ्गीत गर्दै उनले आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्ने सम्भावना पनि नरहेको बताए । ‘अहिलेसम्मको संघर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि यो गठबन्धन बनेको हुँदा आउँदो चुनावसम्म गठबन्धनमा दायाँबायाँ हुँदैन’, उनले भने, ‘हाम्रो पार्टी अब पदाधिकारी र पोलिटब्युरो टुंग्याएर चुनावमा होमिन्छ ।’



    आउने चुनावबाट नेपालमा भएका कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्र पहिलो पार्टी हुने उनले दाबी गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार