Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • निर्वाचन तयारीका लागि नेकपा एसले दियो नेताहरुलाई जिम्मेवारी, दल दर्ता गराउने जिम्मा तुलाधरलाई

    निर्वाचन तयारीका लागि नेकपा एसले दियो नेताहरुलाई जिम्मेवारी, दल दर्ता गराउने जिम्मा तुलाधरलाई

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी ले मंसिर ४ मा हुने निर्वाचनबारे पूर्व तयारी गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।

    बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको हो ।



    त्यस्तै निर्वाचन घोषणापत्र मस्यौदा तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए । प्रदेश तथा प्रतिनिधिसभा सदस्य उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मा दिएको छ ।



    साथै बैठकले निर्वाचन निर्देशिका तयार पार्न पार्टीको कानुन विभाग र निर्वाचन विभागलाई जिम्मा दिएको छ । पार्टीको कानुन विभागमा रामचन्द्र झा छन् भने निर्वाचन विभागमा रामकुमार भट्टराई रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार