Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, एक चीन नीतिप्रति प्रतिबद्धता

    परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, एक चीन नीतिप्रति प्रतिबद्धता

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ् यीबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका मन्त्री खड्का र उनका समकक्षी वाङ्बीच तटीय शहर सान्दोङ् प्रान्तको छिङ्दाओ शहरमा आज अपरान्ह वार्ता भएको हो।

    परराष्ट्र मन्त्रालयले भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको जनाएको छ। दुवै देशका मन्त्रीले नेपाल–चीन सम्बन्धका सबै पक्षको समीक्षा गरेका थिए।



    ‘दुईमन्त्रीबीच आपसी हित र साझा चासोका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सहमति भएको छ’ मन्त्रालयले ट्विटमा भनेको छ। भेटमा खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाएका छन् ।

    उनले चीन बिरोधी कुनै पनि गतिबिधी हुन नदिने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्। द्विपक्षीय भेटवार्तापछि वाङ्ले खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ब्यांक्वेट (रात्री भोज) दिएका छन्। मन्त्री खड्का भोली सान्दोङ्का केही स्थलको भ्रमण गरी अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ ।

    २०७८ असारमा देउवा सरकार बनेपछि नेपालका तर्फबाट चीनतर्फ पहिलो उच्चस्तरीय भ्रमण हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार