Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाललाई साढे १५ अर्ब रुपैयाँ अनुदान सहायता दिने चीनको घोषणा

    नेपाललाई साढे १५ अर्ब रुपैयाँ अनुदान सहायता दिने चीनको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 891
    SHARES

    काठमाडौं । चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेको छ ।

    परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयले जनाएको छ।



    चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्को छिन्दाओ शहरमा दुई परराष्ट्रमन्त्रीको तहमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा वाङले उक्त सहयोग घोषणा गरेका हुन् ।



    यस्तै वार्ता क्रममा नेपाली पक्षले रासायनिक मल उपलब्ध गराइदिन र नेपालमा रासायनिक मल कारखाना सञ्चालनको सम्भाव्यता अध्ययन गरिदिन चीनलाई अनुरोध गरेको थियो। चिनियाँ पक्षले उक्त अनुरोधलाई सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने बताएको थियो।

    परराष्ट्र मन्त्री खड्काले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको भन्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग हुन नदिने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार