Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • चार दिनमा ८५.९९ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    चार दिनमा ८५.९९ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।

    साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।



    नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २.३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।



    पछिल्लो समय लगातार २ अर्ब नाघिरहेको कारोबार रकम बुधबार २ अर्बबाट तल झरेको मा बिहीबार लगातार दोस्रो दिन पनि कनारोबार रकम दुई अर्बबाट तल झरेको छ । मंगलबार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ९३ करोड ५५ लाख २० हजारको कारोबार भएको थियो ।

    बिहीबार पनि ६२ लाख ९८ हजार ६३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार बजारमा १८३ कम्पनीको सेयर कारोबारमा आएकोमा १५० कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १ कम्पनीको सेयमूल्य भने स्थिर रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार