Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कांग्रेस नेता पाण्डेले गोरखा–२ बाट चुनाव लड्ने

    कांग्रेस नेता पाण्डेले गोरखा–२ बाट चुनाव लड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 843
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट संघीय संसदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    गोरखामा भएको कार्यक्रममा उनले २०७० र २०७४ सालको चुनावमा विभिन्न कारणले उम्मेदवारी दिन नपाएका भन्दै उनले यसपटक आफ्नो दावी स्वभाविक रहेको बताए ।



    एउटै निर्वाचन क्षेत्रमा पटक पटक अन्य पार्टीलाई भोट हाल्न सक्ने अवस्था नभएकाले पनि यो पटक क्षेत्र नम्वर २ कांग्रेसले लिने उनले बताए ।



    गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल हुने र दुई पार्टीले आधा आधा सिट लिने भन्दै उनले गोरखा २ बाट आफू उठ्ने घोषणा गरेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार