Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु, एकजना घाइते

    भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु, एकजना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 933
    SHARES

    फाइल तस्विर

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका १ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍

    कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।



    उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन् । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् । उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए ।



    मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको हो । विष्टलाई भने टाउकोमा चोट लागेको छ । घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार