Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनले जारी गरेको श्वेतपत्र ताइवानद्धारा खारेज

    चीनले जारी गरेको श्वेतपत्र ताइवानद्धारा खारेज

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । एक मुलुक, दुई व्यवस्थाअन्तर्गत ताइवानको एकीकरण गर्ने भन्दै चीनले जारी गरेको श्वेतपत्रलाई ताइवानले खारेज गरेको छ । आफ्नो लागि यो विकल्प कहिल्यै पनि मान्य नहुने ताइवानले बताएको छ ।

    चीनले साता दिन लामो सैन्य अभ्यास समापन गरेकै दिन बुधबार सो श्वेतपत्र जारी गरेको थियो। जसमा बेइजिङले ताइवानलाई मुख्यभूमिका एकीकरण गर्ने योजनाको व्याख्या गरेको थियो।



    ‘ताइवान मुद्दा र नयाँ युगमा चीनको पुनर्एकीकरण’ शीर्षकको सो श्वेतपत्रमा बेइजिङले भनेको छ, ‘हामी अधिकतम इमानदारीसाथ काम गर्नेछौँ र शान्तिपूर्ण पुनर्एकीकरणका लागि अत्यधिक प्रयास गर्नेछौँ। तर, हामी बलप्रयोगलाई त्याग्दैनौँ। आवश्यक सबै उपाय अपनाउने विकल्प हामी सुरक्षित राख्छौँ। यो बाहिरी हस्तक्षेप र सबै अलगाववादी गतिविधिबाट सुरक्षाका लागि हो। तर, यो कसैगरी ताइवानमा रहेका हाम्रा चिनियाँहरुप्रति लक्षित छैन।’



    एकीकरणपछि एक मुलुक, दुई व्यवस्थाअन्तर्गत ताइवानका अधिकारहरुको रक्षा हुने पनि बेइजिङले जनाएको थियो। तर, त्यसको जवाफ दिँदै ताइवानले युद्धअभ्यासमा टापुलाई घेरेर शान्तिपूर्ण एकीकरणको कुरा गर्नु निरर्थक भएको जनाएको छ।

    ताइवानी विदेश मन्त्रालयकी प्रवक्ता जोआन उले बिहीबार भनिन् ‘चीनले बारम्बार उत्तेजनाकारी गतिविधि गरिरहेको छ। युद्धको ध्वाँस दिने सैन्य अभ्यास, साइबर आक्रमण, गलत सूचना प्रचार गरेर ताइवानलाई दबाब दिन खोजेको छ। र, मातृभूमिसँग ताइवानको शान्तिपूर्ण एकीकरण गर्ने कथित मिसनलाई प्रबद्र्धन गर्न कथित श्वेतपत्र पनि जारी गरेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार