Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मेयर बालेन भन्छन् – फोहोरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै हो

    मेयर बालेन भन्छन् – फोहोरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै हो

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 885
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन् ।

    महानगरपालिकाको आज बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह नै हुने बताएका हुन् ।



    उनले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताए । कारबाही नभएमा अराजकता फैलिने मेयर साहको भनाइ छ ।



    सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार