Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चीन भ्रमण सफल भयो, हाम्रो भूमि चीनविरूद्ध प्रयोग हुन नदिनेमा विश्वास दिलाएँ : परराष्ट्रमन्त्री

    चीन भ्रमण सफल भयो, हाम्रो भूमि चीनविरूद्ध प्रयोग हुन नदिनेमा विश्वास दिलाएँ : परराष्ट्रमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 924
    SHARES

    काठमाडौं । चीन भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिनेमा विश्वास दिलाएको बताएका छन् । औपचारिक भ्रमणपछि उनी बिहीबार साँझ काठमाडौं फर्किएका हुन् ।

    तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्किएका खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरामा चिनियाँ पक्षलाई ढुक्क बनाएको बताए । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको उनको भनाइ छ ।



    भ्रमणका क्रममा भेटवार्तामा चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउर्ने, भौतिक पूर्वाधार, विपद व्यवस्थापन र स्वास्थ्य सामग्रीलगायतका विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्नेलगायतका विषयमा सहमति भएको छ ।



    यस्तै भेटवार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवर्द्धन गर्ने सहमति भएको बेइजिङमा रहेको नेपाली दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार