Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • फैसलाको २९ वर्षपछि ध्रुव नेपाली पक्राउ

    फैसलाको २९ वर्षपछि ध्रुव नेपाली पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    नुवाकोट । अदालतले कैद सजाय तोकेको २९ वर्षपछि एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    नुवाकोट जिल्ला अदालतले एक मुद्दामा कैद सजाय तोकिएका एक युवकलाई झण्डै तीन दशकपछि प्रहरीले पक्राउ गरेको हो ।



    नुवाकोटको उत्तरी भेगको दुप्चेश्वर गाउँपालिका–७ का ५६ वर्षीय ध्रुव नेपालीलाई २९ वर्षपछि पक्राउ गरिएको हो ।



    अदालतले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत नुवाकोटले गत २०५० साल पुस १९ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय फैसला भएकोमा त्यस बेलादेखि नै फरार रहेका एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार