Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपसभामुख पुष्पाले भनिन् – नेपाल-भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ

    उपसभामुख पुष्पाले भनिन् – नेपाल-भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 816
    SHARES

    वीरगञ्ज । उपसभामुख पुष्पा भुषालले नेपाल र भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने बताएकी छन्।

    रक्षाबन्धनका अवसरमा शुक्रबार पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजित कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक र कूटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखिन्।



    भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लैजानुपर्ने धारणा राखे।



    मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासिक सम्वन्धबारे चर्चा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार