Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सातामा प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    सातामा प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 774
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो साताको शुक्रबारको तुलनामा यो साता सुनचाँदीकै मूल्य बढेको छ ।

    महासंघका अनुसार गत शुक्रबारदेखि यो शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो ।



    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो । जुन, तोलामा ५०० रुपैयाँ बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ३०० रुपैयाँ पुगेको हो ।



    यस्तै, हिजो शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी, गत साताको शुक्रबार तोलामा १ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य हिजोसम्म आइपुग्दा ५ रुपैयाँ बढेको छ । महासंघले यो साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार