Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु

    विषाक्त मदिरा सेवनबाट विहारमा पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 714
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतको विहार राज्यमा विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

    राज्यको सारण जिल्लास्थित भुअलपुरमा उक्त घटना भएको हो। घरेलु मदिरा सेवन गरेका कारण उनीहरूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।



    मृत्युको कारण पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पठाइएको छ । विषाक्त मदिरा सेवन गरेका अन्य तीन जना सिकिस्त बिरामी भएका छन् ।



    उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त मदिराबाट सर्वसाधारणको मृत्यु भएपछि प्रहरीले घटनास्थल वरपर छापा मारेर १० देखि १२ जनालाई पक्राउ गरेको छ ।

    यही साउन २० गते विषाक्त मदिरा सेवनबाट सोही जिल्लाको छप्रामा आठ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार