Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाबुराम भन्छन् – काठमाडौंको फोहोर व्यवस्थापन नगरेर तीनवटै सरकारले आपराधिक खेलबाड गरेँ

    बाबुराम भन्छन् – काठमाडौंको फोहोर व्यवस्थापन नगरेर तीनवटै सरकारले आपराधिक खेलबाड गरेँ

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्षा याममा काठमाडौंमा हप्तौंदेखि फोहोर व्यवस्थापन नहुनु अत्यन्त गम्भीर विषय भएको बताएका छन् ।

    शनिवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गर्दै डा. भट्टराईले तीन वटै सरकारले सार्वजनिक स्वास्थ्यमाथि अपराधिक खेलवाड गरिरहेको आरोप लगाएका हुन् ।



    उनले राज्यका तीन वटै तहले सार्वजनिक स्वास्थ्य र मुलुकको छविमाथि अपराधिक खेलवाड गरिरहेको समेत बताए । तीनै तहले एकअर्काप्रति दोषरोपण गरेर पन्छिने होइन, सहकार्य गरेर फोहोरको समस्या तुरुन्त समाधान गर्न उनले माग गरे ।



    उनले ट्वीटरमा लेखेका छन् ‘बर्षा/गर्मी याममा राजधानीमा हप्तौंदेखि फोहरव्यवस्थापन नहुनु अत्यन्त गम्भीर विषय हो ! राज्यका तीनवटै तहले सार्वजनिक स्वास्थ्य र मुलुकको छवीमाथि यस्तो अपराधिक खेलवाड गर्न मिल्दैन। तीनै तहले एकअर्काप्रति दोषारोपण गरेर पन्छिने हैन सहकार्य गरेर तुरून्त समाधान गर।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार