Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

    पाँच वर्षमा नौ हजार चिनियाँलाई बिजनेस भिसा

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो पाँच वर्षमा करिब ९ हजार चिनियाँ नागरिकले नेपालका लागि बिजनेस भिसा लिएका छन् । उद्योग विभागको सिफारिसमा परराष्ट्र मन्त्रालयबाट सन् २०१७ यताको पाँच वर्षमा ८ हजार ८ सय ३९ जना चिनियाँले बिजनेस भिसा लिएका हुन् ।

    विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा विजनेश भिसा लिनेमा चिनियाँ नागरिक सबैभन्दा अगाडी छन् भने चिनियाँपछि कोरियाली, जापानी, अमेरिकी तथा अष्ट्रेलियन र जर्मन नागरिक रहेका छन् ।



    सन् २०१७ मा १ हजार ५ सय ७९ , २०१८ मा १ हजार २ सय ८९ , २०१९ मा २ हजार ७ सय १३, २०२० मा १ हजार ३ सय ७४ र २०२१ मा १ हजार ३ सय ४४ चिनियाँ नागरिककले विजनेश भिसा लिएका छन् ।



    चीनबाट भिसा आवेदनकमात्र नभई यो अवधिमा सबैभन्दा बढी लगानी स्वीकृतसमेत भएको छ । विभागको तथ्यांकअनुसार चीनबाट पछिल्लो पाँच वर्षमा ४९ अर्ब ९० करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ । भारती नागरिकका लागि भने नेपालमा भिसाको आवश्यक पर्दैन । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार