Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युक्रेनले भन्यो – रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध हो

    युक्रेनले भन्यो – रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध हो

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 852
    SHARES

    एजेन्सी । रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको भन्दै युक्रेनले टिप्पणी गरेको छ ।

    युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रुसले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका हुन् ।



    मन्त्री लआस्कोले आफ्नो देशमाथि रुसले आक्रमण सुरु गरेदेखि नै औषधि जस्तो अत्यावश्यक क्षेत्र र स्वास्थ्य सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र यो निन्दाको विषय रहेको बताए । उनले रुसले कब्जा गरेका ठाउँमा नागरिकको उपचार र स्वास्थ्य अवस्था दयनीय बनेको समेत बताए ।



    विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय करिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन । जसले गर्दा बिरामीलाई अनुदानका औषधि समेत उपलब्ध गराउन समस्या भएको मन्त्री लिआस्कोको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार