Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मङ्कीपक्सका नयाँ भेरियन्टको नाम राखियो

    मङ्कीपक्सका नयाँ भेरियन्टको नाम राखियो

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राखिएको हो ।

    सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ ।



    विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मङ्कीपक्सको बारेमा निर्णय गरेको हो ।



    विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र तीमध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ । मङ्कीपक्सको नामाकरण भने यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार