Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नेपालले साफ यू–१७ को पहिलो खेल भुटानसँग खेल्ने

    नेपालले साफ यू–१७ को पहिलो खेल भुटानसँग खेल्ने

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।

    श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ साफ ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो ।



    सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको छ ।



    नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार