Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • साताको पहिलो कारोबार दिन २७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    साताको पहिलो कारोबार दिन २७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 744
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक २७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ ।

    झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको उपसूचक ०.८ प्रतिशतले घटेको छ ।



    यस्तै, इन्भेष्टमेन्ट समूहको उपसूचक २.७२ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५८ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक २.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२६ प्रतिशतले घटेको छ ।



    हाइड्रोपावर समूहको उपसूचक १.८६ प्रतिशतले घटेको बजारमा आज डेभलपमेन्ट बैंक समूहको उपसूचक १.३१ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक १.०९ प्रतिशतले, बैंकिङ समूह ०.६७ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज १.१३ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार