Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आईजीपी र एआईजीपीको समान ७२ हजार ८२ रुपैयाँ !

    नयाँ तलबमान लागू : प्रहरीमा कसको तलब कति ? [सूचीसहित]

    नयाँ तलबमान लागू : प्रहरीमा कसको तलब कति ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ तलबमान स्वीकृत गरेको हो ।

    बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको छ । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ ।



    अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ । गत चैतमै यी पद थपिए पनि उनीहरूले पुरानै तलब पाउँदै आएका थिए ।



    नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त महानिरीक्षक (एआईजीपी) को तलब समान ७२ हजार ८२ रुपैयाँ कायम गरिएको छ ।

    हेर्नुहोस् कसको तलब कति ? 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार