Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेटमणि चौधरी भन्छन् – कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो

    मेटमणि चौधरी भन्छन् – कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 933
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं शहरी विकासमन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

    आइतवार एकीकृत समाजवादीको जनवर्गीय संगठनहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरीत संसदको दुई–दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’



    कम्युनिष्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिवद्ध हुनुपर्ने बताउँदै मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत कम्युनिष्ट एकताको पक्षमा रहेको धारणा राखे ।

    एकीकृत समाजवादीको लमही नगर कमिटीले आयोजना गरेको सो कार्यक्रममा केन्द्रीय सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, युवा संघका जिल्ला अध्यक्ष हरिष गिरीलगायतले मन्तव्य राखेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार