Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिन निर्णय गरिँदै

    माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चिह्न दिन निर्णय गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 924
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।

    आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा बाबुरामले हँसिया हथौडा चुनाव चिह्न लिएर लड्ने समझदारी भएकाले सो सहमति पार्टी स्थायी समिति बैठकबाट अनुमोदन हुने माओवादी केन्द्रले जनाएको छ ।



    नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच एउटै चुनाव चिह्नमा लड्ने विषयमा भएको सहमति अनुमोदनको तयारी भएको छ ।



    निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिह्न प्रयोगसम्बन्धी व्यवस्था अनुसार दुई पार्टीले एउटै चुनाव चिह्न लिने निर्णय गरेर आयोगलाई जानकारी गराइने छ । प्रचण्ड बाबुराम दुबैले एउटै चुनाव चिन्ह लिएर लड्ने विषयमा आ–आफ्नो पार्टीबाट आज निर्णय गर्ने तयारी गरेपनि गृह कार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार