Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेस जनप्रतिनिधिलाई देउवाको निर्देशन – आगामी चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिनुस्

    कांग्रेस जनप्रतिनिधिलाई देउवाको निर्देशन – आगामी चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिनुस्

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने बताएका छन् ।

    देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका हुन् ।



    पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले ४ मंसिरको चुनावबाट कांग्रेसलाई सबभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए ।



    देउवाले पार्टीमा कसैलाई काखा र पाखा नगरिने स्पष्ट गर्दै जनता देशको मालिक भएको सम्झिन जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार