Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संघीय र प्रदेशसभा निर्वाचनका लागि मंगलबार दल दर्ता गर्दै कांग्रेस

    संघीय र प्रदेशसभा निर्वाचनका लागि मंगलबार दल दर्ता गर्दै कांग्रेस

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 765
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस भोलि दल दर्ता गर्ने भएको छ ।

    मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो । काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।



    पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ ।



    पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने काँग्रेसको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार