Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल अफगानिस्तानमा

    सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल अफगानिस्तानमा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 915
    SHARES

    काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवादका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ ।

    अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डल काबुल पुगेको हो ।



    इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिवान सेनाहरूबीच विवाद भएपछि इरान चिन्तित बनेको हो । इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिवान लडाकु मारिएका छन् ।



    साथै अर्का एक जना घाइते भएपछि तालिवान इरानप्रति रुष्ट बनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार