Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • तोलामा सात सय रुपैयाँले घट्यो सुनको मुल्य

    तोलामा सात सय रुपैयाँले घट्यो सुनको मुल्य

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 837
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ।

    अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो। आइतबार तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको थियो।



    यस्तै हिजो चाँदीको भाउ पनि १५ रुपैयाँले घटेर कारोबारमा आएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज प्रतितोला ९६ हजार ७०० रुपैया र तेजावी सुनको भाउ ९६ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ।



    यस्तै चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८२ डलर तथा चाँदी प्रतिऔंस २० दशमलव २४ डलरमा कारोबार भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार