Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कांग्रेसको व्यक्तित्व अग्लिएको तपाईँहरूको कारणले हो : गगन थापा

    कांग्रेसको व्यक्तित्व अग्लिएको तपाईँहरूको कारणले हो : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 714
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा कांग्रेसको आधार भनेको २०७९ को निर्वाचन परिणाम भएको बताएका छन् । उनले ०७४ को परिणामका आधारमा कांग्रेसलाई मूल्यांकन गर्नु गलत हुने बताए ।

    देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले २०७९ को निर्वाचनको परिणामकै आधारमा कांग्रेसले गठबन्धनभित्र सम्मानजनक सिट पाउने बताए ।



    थापाले भने, ‘केही अरू दलका साथीहरू हामीलाई २०७४ तिर फर्काउन चाहनुहुन्छ । हामी उहाँहरूलाई २०७९ सम्झाउन चाहन्छौँ ।२०७९ को स्थानीय निर्वाचन सम्झिँदै गर्दा खुसी लाग्छ, हाम्रो फुर्ती बढ्छ । आज हाम्रो व्यक्तित्व अग्लिएको कुनै आधार, कारणले हो भने त्यो तपाईंहरूका कारणले हो । स्थानीय तहमा जितेको कारणले हो । त्यसकै आधारमा २०७९ को मंसिर ४ को निर्वाचनमा जाने तयारी गरिरहेका छौँ ।’



    महामन्त्री थापाले अहिले गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको भन्दै गठबन्धनको परिणाम जे भए पनि कांग्रेसले सम्मानजनक अवस्था ल्याउनेमा आश्वास्त पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार