Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • २४ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ७३ करोड

    २४ अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ७३ करोड

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 720
    SHARES

    फाइल फोटो

    काठमाडौं । अघिल्लो दिन ५५ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो ।

    यस्तै मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचक मध्ये आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ ।



    यस दिन सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१८ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६८ प्रतिशतले, फाइनान्स समूहको



    उपसूचक २.६२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक १.७७ प्रतिशतले, निर्जीबन बीमा समूहको उपसूचक १.७१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक १.५५ प्रतिशतले माइक्रोफाइनान्स समूहको उपसूचक १.२७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक १.९ प्रतिशतले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार