Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 762
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।



    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा छन् ।



    यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८०पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार