Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिको ‘राजनीतिक कदम’, हुबहु नै पठाइने

    नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिको ‘राजनीतिक कदम’, हुबहु नै पठाइने

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 741
    SHARES

    काठमाडौं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिको कदमलाई ‘राजनीतिक कदम’ भनेको हो ।

    संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि गएको नागरिकता विधेयक राष्ट्रपतिबाट गत आइतबार साँझ १५ बुँदे सुझावसहित फिर्ता भएको थियो । गठबन्धन बैठकले ‘राष्ट्रपतिबाट फिर्ता विधेयक फेरि जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने’ निर्णयसमेत गरेको छ ।



    गठबन्धन प्रमुख घटक नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक जस्ताको तस्तै संघीय संसद्बाट पास गरेर राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको’ जानकारी दिएका छन् ।



    गठबन्धन बैठकपछि मंगलबार पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि ‘नागरिकता विधेयक संसदीय प्रक्रियामा अघि बढाउने’ निर्णय भएको बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार