Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्रिमियाको हतियार भण्डारण केन्द्रमा ठूलो विस्फोट

    क्रिमियाको हतियार भण्डारण केन्द्रमा ठूलो विस्फोट

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 918
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले कब्जा गरेको क्रिमियाकोअर्को हतियार भण्डारण केन्द्रमा पनि ठूलो विस्फोट भएको छ ।

    क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलाबद्ध विस्फोट भएको हो ।



    सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कैयौँ विस्फोट भएको थियो। गत हप्ता क्रिमियाको तटमा रहेको ‘ब्ल्याक सी बेस’मा रुसी लडाकु विमान ध्वस्त भएका थिए।



    रुसले यो विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ। तर युक्रेनले यो आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार