Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध आरोपपत्र दर्ता हुँदै

    अभिनेत्री ज्याकलिन फर्नान्डिजविरुद्ध आरोपपत्र दर्ता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 858
    SHARES

    एजेन्सी । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ ।

    इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ । हालै ईडीले उनको १२ लाखको एफडी पनि जोडेको थियो ।



    ज्याकलिनले यो मामलामा साक्षीको रुपमा पहिले नै आफ्नो बयान दिइसकेकी छन् । गत वर्षको डिसेम्बरमा यो मामलामा आरोपपत्र अतिरिक्त सेशन न्यायाधीश प्रवीण सिंहको अदालतमा दर्ता गरिएको थियो ।



    यसै वर्षको फेब्रुअरीमा इडीले पिंकी इरानीविरुद्ध सप्लीमेन्ट्री आरोपपत्र दायर गरेको थियो । पिंकीले नै ज्याकलिन र सुकेशको भेट गराएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार