Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको निधन

    हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको निधन

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 990
    SHARES

    एजेन्सी । चर्चित हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको ८१ वर्षमा निधन भएको छ ।

    पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उनी क्यान्सरबाट पिडित रहेको जानकारी दिएकी छन् ।



    जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गरेका पिटरसनले १९८१ मा निर्देशन गरेको ‘दास बुट’ लाई अन्तर्राष्ट्रिय स्तरको ख्याति मिलेको थियो ।



    यो फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उनी ओस्कारमा ६ पटक नोमिनिजमा परेका थिए । दुई पटक बेष्ट निर्देशक र दुई पटक बेष्ट स्क्रिन प्ले पनि थियो । उनका चर्चित फिल्महरु दास बूट, एअर फोर्स वन, ट्रोय, पोसेईडन, द परफेक्ट स्ट्रोम हुन् ।

    पहिले जर्मन फिल्म बनाउने गरेकोमा उनी पछि हलिउड फिल्ममा निर्देशकको अलवा निर्माण तथा स्क्रिप्ट लेखनमा पनि सक्रिय थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार