Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका बुढाथोकी पक्राउ

    बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका बुढाथोकी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 816
    SHARES

    काठमाडौं । खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन् ।



    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरेको हो ।



    उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

    फैसलापछि उनी फरार थिए । निरजले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार