Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।



    स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।



    बुधवार देशभर ५ हजार ४६२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५९ जना आईसीयू र ७ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार