Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालेन भन्छन् - मैले तपाईंकै लौरो चिह्न लिएर चुनाव जितेको हो

    धरानका मेयर साम्पाङ र काठमाडौंका मेयर बालेनबीच जुहारी

    धरानका मेयर साम्पाङ र काठमाडौंका मेयर बालेनबीच जुहारी

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 2.7K
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

    केही दिनअघि मात्रै काठमाडौं आएका मेयर साम्पाङले यहाँको फोहोरको विषयलाई लिएर सामाजिक सञ्जालमा बेलाबेला स्ट्याटस लेख्न थालेपछि काठमाडौंका मेयर बालेन आक्रोशित भएका छन् ।



    लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा कमीका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन् । आइतबारबाट भने फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ ।



    धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे-‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे !’

    राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि उनको कमेन्टमा ब्यंग्यात्मक शैलीमै जवाफ फर्काएका छन् ।

    उनले पनि साम्पाङको स्टाटसको तल लेखिहाले ‘हो नि ! तपाईँकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि।’

    ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन १ मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो ।…तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो,’ धरानका मेयर साम्पाङले भने ।

    राई र शाह स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चिन्हबाट गएको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार