Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आयरल्यान्डले जित्यो अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला

    आयरल्यान्डले जित्यो अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 882
    SHARES

    एजेन्सी । अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले हात पारेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भएको हो ।

    बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।



    वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।



    जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार