Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ताइवानको आकाशमा पुनः गस्ती गर्दै चिनियाँ विमान

    ताइवानको आकाशमा पुनः गस्ती गर्दै चिनियाँ विमान

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती सुरु गरेको छ ।

    अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो ।



    १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।



    पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ) का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।

    यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार