Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पूर्व राष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

    पूर्व राष्ट्रपति राजापाक्षे अर्को साता श्रीलंका फर्किने

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 726
    SHARES

    एजेन्सी। विशाल प्रदर्शनका कारण देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन् ।

    रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।



    राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन् ।



    उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए । त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन् ।

    सिंगापुर पुग्ने बित्तिकै उनले राजीनामा बुझाएका थिए ।

    त्यसयता उनले कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार