Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काबुलको मस्जिदमा बम विष्फोट हुँदा धर्मगुरुसहित २० जनाको मृत्यु

    काबुलको मस्जिदमा बम विष्फोट हुँदा धर्मगुरुसहित २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 846
    SHARES

    काबुल । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझ प्रार्थनाको क्रममा बम विस्फोट गराइएको छ। विफोटमा एकजना प्रमुख धर्मगुरूसहित २० जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार विस्फोटमा मौलवी मुल्ला अमिर मोहम्मद काबुली मारिए भने धेरै बालबालिका घाइते भएका छन् ।



    काबुलका प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि हताहती र घाइतेहरूको विवरण उपलब्ध गराएका छैनन् । तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेहरूलाई चाँडै न्यायको कठघरामा ल्याइने र सजाय दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।



    तालिबानले सत्ता कब्जा गरेको एकवर्षपछि धार्मिकस्थलमा भएको यो भीषण एवम् जघन्य आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार