Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

    जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 831
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक जारी छ ।

    बुधबारदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा छलफल भएको छ ।



    चुनावको तयारी, उम्मेदवारको मापदण्ड, उम्मेदवार चयन गर्ने प्रकृया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्ताव गरिएको छ । सोही प्रस्तावमाथि छलफल सुरु भएको जसपा राजनीतिक समितिका सदस्य सीपी सिंहले बताए ।



    छलफलमा पाँच दलीय गठबन्धनको औचित्य, पाँच दलीय गठबन्धनले अगामी चुनावमा जसपालाई हुने फाइदा, बेफाइदाको विषयमा पनि चर्चा भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार