Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

    गौतमश्री सहकारीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

    करिब ५ हजार सदस्यको ७ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर सञ्चालकहरू फरार भएकाले उजुरी परेपछि सहकारी विभागले गत साउन १८ मा उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।



    सोही सिफारिसका आधारमा उक्त सहकारीलाई १५ दिनको समय दिएर स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआए समस्याग्रस्त घोषणा गर्ने निर्णय भएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताए ।



    करिब डेढ महिनाअघि सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरु फरार भएपछि बचतकर्ताले आफूहरुको बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिएका थिए । जसअनुसार बुधबारसम्म उक्त सहकारीका बचतकर्ताहरुबाट करिब १४ सयभन्दा बढी उजुरी परेको छ । ती उजुरीका आधारमा सहकारी विभागले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।

    विभागमा उजुरी भएको करिब दुई साता पछि सहकारीका अध्यक्ष रामबहादुर गौतमले कार्यालयमा फर्केर आफूले सबै बचतकर्ताको पैसा फिर्ता दिने बताएका थिए । तर, उनी सहकारी विभाग र प्रहरीसमक्ष उपस्थित भएका थिएनन् । सोही कारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने प्रक्रिया थालेको हो ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार