Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

    एकीकृत समाजवादीले बनायो उम्मेदवार छनोटका ७ मापदण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 660
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ७ वटा मापदण्ड बनाएको छ ।

    १ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको महासचिव बेदुराम भूसालले जानकारी दिए ।



    ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका बनाएको छ ।



    पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ।

    एकीकृत समाजवादीले बनाएको मापदण्ड यस्तो छ :

    क. पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको ।
    ख. विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको ।
    ग. पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ ।
    घ. आर्थिक एवं नैतिक आचरण राम्रो रहेको ।
    ङ. जनतामा स्थापित र लोकप्रिय ।
    च. स्वच्छ छवि भएको र सुशासनको पक्षपाती ।
    छ. कार्यक्षमता राम्रो भएको र सक्रिय ।
    ज. समावेशीताको सिद्धान्त विपरीत नहुने ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार