Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ६९ लाख रूपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ

    ६९ लाख रूपैयाँसहित ३ जना हुन्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 825
    SHARES

    काठमाडौं । हुन्डी कारोबारीको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई घण्टाघर र कलंकीबाट ६९ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर-१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई-७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर-३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।



    घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार